एमालेले दुई र तीन सिट मात्र जित्छ: झलनाथ खनाल

काठमाडौँ ।नेकपा( एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई र तीन सिट जित्ने दाबी गर्नुभएको छ । दुई तिहाइ सिट नजित्ने उहाँले ठोकुवा गर्नुभयो । काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै खनालले भन्नुभयो, ‘दुई तिहाइको ठीक उल्टो दुई र तीन सिट जित्न सक्छ ।’

उहाँले एमालेले गर्न सक्ने सम्भावित गठबन्धनबारे पनि आलोचना गर्नुभयो । एमालेले आवश्यकताअनुसार लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गर्ने चर्चा चलिरहेको छ ।


प्रकाशित | १२ चैत्र २०७८, शनिबार १५:५८