अवैध एक किलो सुनसहित एक जना पक्राउ

रौतहट: प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रौतहट प्रहरीले विशेष सूचनाका आधारमा गौरस्थित बस पार्कबाट एक किलो सुनसहित गौर नगरपालिका, ५ का अनुुकेश कुमार साहलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले बताउनुभयो ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार ०९:२७