विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना सम्बन्धी नयाँ आदेश जारी

काठमाडौं –  विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना सम्बन्धी नयाँ आदेश जारी गरिएको छ । आदेशअनुसार नेपाल प्रवेश गर्दा कोरोनाको पूर्ण खोप अनीवार्य लगाएको हुनुपर्ने भएको छ ।

अध्यागमन विभागले आज विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद् बैठकको निर्णणअनुसार शर्तहरु अनीवार्य पालना गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो ।

विभागले जारी गरेको सूचना अनुसार हवाई मार्ग वा स्थल माग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । त्यस्तो प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले ७२ घन्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तै, नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुहरुको लागि गन्तब्य मुलुकको कोभिड १९ सम्बन्धी स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धीत एयरलाईन्सले आफ्ना यात्रुलाई जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ ।

नेपालबाट प्रस्थान गर्ने यात्रुहरुले पेश गर्नुपर्ने स्वास्थ्य सम्बन्धी कागजपत्रहरु गन्तब्य मुलुकको स्वास्थ्य सम्बन्धी मापदण्ड हुने गरि एयरलाईन्सले तोके बमोजीम हुने जनाइएको छ ।

साथै कोभिड १९ सम्बन्धी यसअघि जारी भएका विभागका सूचनाहरु भने खारेज भएको जनाइएको छ ।

 


प्रकाशित | २६ फाल्गुन २०७८, बिहीबार १९:१८