कतारमा कोभिड-१९ खोप लगाउनेको संख्या ६३ लाख ९८ हजार ८८९ पुग्यो

दोहा -कतारको स्वास्थ्य मन्त्रालयले मार्च ६ अर्थात आज (आइतबार) १७० जनामा कोभिड-१९ अर्थात कोरोना संक्रमण देखा परेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८३ जना निको भएका छन् भने सोही अवधिमा एक जनाले पनि कोरोनाको कारण ज्यान गुमाउनु परेको छैन । कतारमा हालसम्म मृत्यु हुनेको कुल संख्या ६७० छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ खोप लगाउनेको संख्या १ हजार ७२४ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म बूस्टर डोज लगाउनेको संख्या १२ लाख ८५ हजार ८८९ र खोप अभियान सुरु भएदेखि हालसम्म कुल कोभिड-१९ भ्याक्सिन लगाउनेको सङ्ख्या ६३ लाख ९८ हजार ८८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल सक्रिय संक्रमितको कुल संख्या २ हजार २५० जना रहेको मन्त्रालयको तथ्यांक छ ।


प्रकाशित | २२ फाल्गुन २०७८, आईतवार १९:१०