रुसी आक्रमणमा ७० युक्रेनी सैनिकको मृत्यु

रुसी सेनाको आक्रमणमा परी खार्किभ र कीभ बीचको शहर ओख्तिरकामा कम्तीमा ७० युक्रेनी सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ समेत ध्वस्त भएको छ ।

उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन्।

युक्रेनको स्वास्थ्य मन्त्रालयका अनुसार रुसी आक्रमणमा अहिलेसम्म १४ बालबालिकासहित ३५२ जना सर्वसाधारणको मृत्यु भएको छ।

त्यस्तै, रुसी आक्रमण सुरु भएदेखि ५२०,००० भन्दा बढी मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

फिफा र युइएफएले रुसलाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गरेको अल जजिराले जनाएको छ ।


प्रकाशित | १७ फाल्गुन २०७८, मंगलवार १३:५८