एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णयप्रति खनालको आपत्ति

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै नेता खनालले एउटा व्याख्यात्मक घोषणा गरेर आफूहरुको रिजर्भेसन राखेर एमसीसी पारित गर्न खोजिएकोमा आपत्ति जनाउनु भयो ।

एमसीसी सम्झौतामा प्रतिनिधिसभाले गरेको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भन्दै प्रश्न पनि गर्नु भयो ।

‘एमसीसीमा सुधार गर्ने कुनै पनि घोषणा सम्झौताको अंग बन्छ कि बन्दैन ? अमेरिका तयार छ कि छैन,  एमसीसी तयार छ कि छैन, छ भने संसदले थाहा पाउनुपर्छ । हाम्रा रिजर्भेसन सम्बोधन गर्न तयार छ भन्ने ग्यारेन्टी यो सदनले चाहेको छ’ नेता खनालले भन्नु भयो ।

एमसिसी सभाको एकतर्फी घोषणाले मात्रै पास गर्न खोजिएको बताउँदै उहाँले सम्झौताको सम्पूर्ण बुँदामाथि सार्वभौम संसद्‌मा छलफल गर्ने वातावरण नबनाइ पारित गर्न खोज्‍नु आपत्तिजनक रहेको बताउनु भयो ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार १६:१३