सातामा सुनको भाउ १५ सय रुपैयाँले बढ्यो

काठमाडौँ । यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ कारोबार दिनमा उक्त मूल्यले सुनको भाउ महँगिएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो साताको सोमबार र बुधबार बाहेक अन्य सबै दिन सुनको मूल्य बढेको थियो । यसैगरी, हिजो शुक्रबारसम्ममा तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ मूल्य कायम छ । सुनको मूल्य बढेको सातामा चाँदीको मूल्य पनि बढेको छ ।

यो साताभरमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३०५ रुपैयाँ रहेको चाँदीको मूल्य हिजो शुक्रबार १३३५ रुपैयाँ छ ।


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार १२:५४