एनआरएनए महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्तावप्रति केसी समूह आक्रोशित

काठमाडौं – गैर आवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्तावप्रति डा. बद्री केसी समूह आक्रोशित बनेको छ । केसी समूहले शनिवार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्तावप्रति आक्रोश पोखेका हुन ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्तावको विरोध जनाउँदै एक जना पनि प्रतिनिधि कटौती गर्न नदिने बताउनु भयो ।

उपाध्यक्ष सोनाम लामाले उच्चस्तरीय समितिलाई बुझाएको भनीएको प्रतिवेदनमा सयौ प्रतिनिधि कटौती गर्ने प्रस्ताव गरिएको उल्लेख गर्दै समितिलाई महाधिवेशन प्रतिनिधिको विषयमा निर्णय गर्ने कुनै अधिकार नभएको बताउनु भयो ।

केसीले उच्चस्तरीय समिति स्वत: खारेज भइसकेको बताउँदै सो प्रस्ताव छलफल नगर्न र यदी छलफलमा लगेर कुनै निर्णय गरिए त्यो मान्य नहुने बताउनु भयो ।

उच्चस्तरीय समितिका सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउने बाहेक अन्य म्यान्डेट नभएको उहाँको भनाई छ ।

उच्चस्तरीय समितिका सदस्यहरु म्यान्डेटभन्दा बाहिर गएर मिलाउन भन्दा समस्या बल्झाउने दिसामा लागेको आरोप लगाउँदै केसीले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर कटौती गर्न खोजेको बताउनु भयो ।

गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्याको समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेको आरोप लगाउनु भयो ।

उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर ४ वटा देश बाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको भन्दै त्यस्तो निर्णय मान्न नसकिने बताउनु भयो ।

संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्व लगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले संघलाई विखण्डनको दिसामा लैजान खोजीएको बताउनु भयो । प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण भएको बताउँदै क्षेत्रीले सहमतिको आधारमा नयाँ नेतृत्व चयन गरिनुपर्ने बताउनु भयो ।

गैर आवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्ताव सरासर गलत भएको बताउनु भयो ।

गैर आवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरि गतिविधि अघि बढाएको बताउँदै अफ्रिका क्षेत्रका प्रतिनिधि कटौतीको प्रस्ताव गरिनु अधिनायकबाटको चरण रुप भएको बताउनु भयो ।

एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ (टीका) ले हङकङबाट पठाइएका सबै प्रतिनिधि विधानसम्मत भएको बताउँदै एक जना पनि महाधिवेशन प्रतिनिधि कटौती गरिए एनसिसीलाई मान्य नहुने बताउनु भयो ।

संघका सचिव गौरी राज जोशी र रामशरण सिमखडाले संचालन गरेको कार्यक्रममा संघका विभिन्न देशका एनआरएनए अध्यक्षहरुले आ-आफ्नो भनाईहरु राखेका थिए ।

कार्यक्रममा केसी प्यानलतर्फबाट उपाध्यक्षका उम्मेदवारहरु हेमराज शर्मा, महेश श्रेष्ठ, डीबी क्षेत्री, धर्मराज अधिकारी, रोशन थापा र यास्मिन बेगम सैयद, महासचिवका उम्मेदवार गौरीराज जोशी, सचिवका उम्मेदवार अजिब गुरुङ (ओम), महिला सचिव उम्मेदवार राधिका गुरुङ (टीका), सचिव उम्मेदवार रामशरण सिंखडा र चिरञ्जिवी घिमिरे, कोषाध्यक्षका उम्मेदवार लोक दाहाल र राजन त्रिपाठी, सहकोषाध्यक्ष उम्मेदवार नारायण सुवेदी र यमुना भट्टराई, युवा संयोजक उम्मेदवार मिलन छन्त्याल र महिला संयोजक उम्मेदवार संगीता मरहठ्ठा लगायतको उपस्थिती थियो ।

कार्यक्रममा पोषण बस्नेत (जम्बिया), आरपी पन्त (सिसेल्स), शिव पौडेल (जापान), अमृत क्षेत्री, रणध्वज लामा (कुवेत), नवराज भट्टराई (पपुवान्युगिनी), भबिन्द्र बस्नेत (थाइल्याण्ड), दिनेश जोशी (अष्ट्रेलिया), डमर यादव (साउदी अरब), हरिहर अर्याल (फ्रान्स), विजय घिमिरे (अमेरिका), शैलेश घिमिरे (अमेरिका), रविन बज्राचार्य (अमेरिका), प्रमोद सिटौला (अमेरिका), विकल झा (ओमान), बिष्णुहरी घिमिरे, संजिव श्रेष्ठ, शान्तराज भण्डारी (क्यानाडा), डा. चिरन्जीबी खड्का (चेक रिपब्लिका), हेमराज सुजेदी (पोर्चुगल), र राजकुमार थापा लगायतले बोल्नु भएको थियो ।


प्रकाशित | ८ फाल्गुन २०७८, आईतवार १०:००