जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएर निर्वाचन सार्ने षडयन्त्र गरियो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनु भएको छ।

संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले महाअभियोग प्रस्ताव चुनाव सार्ने र हुन नदिने षड्यन्त्र अनुरुप आएको बताउनु भयो ।  सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमालेलाई एकजुट हुन सांसदहरुलाई निर्देशन समेत दिनु भएको छ ।

त्यस्तै एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ । सरकारको गतिविधि विरुद्ध जनसंघर्ष गर्ने उहाँले बताउनुभयो।


प्रकाशित | २ फाल्गुन २०७८, सोमबार १४:१२