तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजकताका साथ लाग्नुपर्छ , निर्वाचन नगराउने षडयन्त्र हुनसक्छ: केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गर्नुभएको छ।

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचन तोकिएकै मितिमा गराउन सबैलाई सतर्क रहन आग्रहसमेत गर्नुभयो।

‘एउटा उखान छ– ढाँटको निम्तो खाइ पत्याइनु । जबसम्म खाइदैन तबसम्म ढाँटले निम्तो गर्यो भने भोकै बस्न पर्छ,’ ओलीले भन्नुभयो, ‘अझै पनि हामी सजकताका साथ निर्वाचन निश्चित रुपमा गराउने र अहिले तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजकताका साथ लाग्नुपर्छ । निर्वाचन नगराउने षडयन्त्र हुनसक्छ ।’

एमालेको दबाबकै कारण सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा गर्नेगरी स्थानीत तह निर्वाचनको मिति घोषणा गरेको दाबी उहाँले गर्नुभयो।


प्रकाशित | २८ माघ २०७८, शुक्रबार १५:१५