कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक माघ २७ गते पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै म्याद सकिएका भ्रातृ एंव शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन बारे छलफल गर्न समिति बैठक आह्वान गरिएको जानकारी गराउनु भएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचन केन्द्रीय समितिको तेस्रो बैठकले दुईसाता अघि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो ।

४६ सदस्यीय कार्यसम्पादन समितिमा १३ पदाधिकारीसहित ३७ जना सदस्य छन् । बाँकी सदस्य मनोनित गर्न बाँकी छ ।

केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा आवश्यक निर्णय गर्नसक्ने अधिकार विधानले केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको छ ।

कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने पार्टी विधानमा व्यवस्था गरिएको छ ।


प्रकाशित | २२ माघ २०७८, शनिबार २०:१७