सुनको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ ।


प्रकाशित | २० माघ २०७८, बिहीबार १२:२८