नेपालमा थपिए ३ हजार ६३७ जना संक्रमित, ७ हजार ५५५ संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार २०५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ हजार ४३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बुधबार देशभरबाट ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


प्रकाशित | १९ माघ २०७८, बुधबार १६:४६