काठमाडौं । राष्ट्रिय सभाको सोमबार बस्ने आह्वान गरिएको बैठक स्थगित भएको छ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।
सोमबार दिउँसो १ बजे बस्ने आह्वान गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ।
प्रकाशित | १६ माघ २०७८, आईतवार १५:१५