गैर आवासीय नेपालीहरुको लगानीमा नेपालमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आउँदै, हालसम्म २६ सयले गरे दर्ता

काठमाडौं – गैर आवासीय नेपालीहरुको  लगानीमा नेपालमा ‘ई-क्याब’ सेवा सञ्चालनमा आउँन लागेको छ । बेलायतमा सफल नेपाली ब्यवसायीहरु दिपक श्रेष्ठ, सन्तोश मण्डल, सजनी लामा र रबट बिश्वकर्माले नेपालमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा ल्याउन लाग्नु भएको हो । ई-क्याब’ नेपालले यही जनवरी २१ मा आफनो सेवा शूरु गर्न लागेको हो । ‘ई-क्याब’ नेपाल प्रा.लि.का अध्यक्ष दीपक श्रेष्ठले उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको बताउनु भयो ।

‘ई-क्याब’ ट्याक्सी सेवाको औपचारिक उद्घाटन कार्यक्रम आउने शुक्रबार तय गरिएको छ । कार्यक्रम काठमाडौंको ठमेल स्थित एलफ्टमा होटलमा हुनेछ । उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नु हुनेछ  । साथै कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष तथा एनआरएन अभियन्ताहरु सहभागि हुने हुनुहुनेछ ।

अध्यक्ष श्रेष्ठका अनुसार ‘ई क्याब’मा हालसम्म २ हजार ६ सय जना भन्दा धेरै ट्याक्सी चालकहरूले दर्ता गरिसक्नु भएको छ भने दर्ता गर्ने क्रम पनि जारी छ ।

‘ई क्याब’ एक अनलाइन ट्याक्सी सेवा हो जसमा डिजिटल QR प्रणालीबाट ट्याक्सी सहजै बुक गर्न सकिन्छ । बेलायतमा सञ्चालित ‘उवर’ ‘बोल्ट’ जस्तै अत्याधुनिक सेवा दिने ‘ई क्याब’मा यात्रुको सुरक्षाको निम्ति गाडी कहाँ पुग्यो भनेर ट्रयाक गर्न सकिने फिचर राखिएको छ । यूके तथा अन्य देशहरूबाटै बुक गर्न मिल्ने क्याबमा डिजिटल पेमेन्ट, कार्ड समेत प्रयोग गर्न सकिने सुविधा छन । साथै खल्ती सेवा र नगद भुक्तानी दुवै दिन सकिनेछ’, अध्यक्ष श्रेष्ठले भन्नु भयो ।

अध्यक्ष श्रेष्ठका अनुसार क्याबमा सामान छुटेको अवस्थामा समेत सामानको कुनै चिन्ता गर्न नपर्ने गरि ब्यवस्था मिलाइएको छ । ‘ई क्याब’ एपमार्फत उपत्यकाको जुनसुकै ठाउँबाट पनि सेवा लिन सकिनेछ । एपबाट नजिकको प्रयोगकर्ता चालक खोजी सेवा बुक गर्न सकिन्छ।

‘साथै अरूको लागी पनि क्याब बुक गरी सुरक्षित साथ गन्तब्यमा पुर्याउन सकिन्छ । यात्रा बुक गर्ने बेलामै यात्रा शुल्कको जानकारी पाउने हुँदा भाडा दरमा ठगिनु पर्नेछैन’, श्रेष्ठले भन्नु भयो । नेपालमा हाल पठाओ, टुटल लगायततले पनि अनलाईन मार्फत सेवा दिइरहेका छन । मोबाइल एप ‘इ -क्याब नेपाल’ डाउनलोड गरी ट्याक्सी सेवा अर्डर गर्न सकिने उक्त कम्पनीले जनाएको छ।


प्रकाशित | ४ माघ २०७८, मंगलवार १८:५५