नेपालमा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं – नेपालमा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै ५४७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ लाख ४३ हजार  ३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।


प्रकाशित | ३ माघ २०७८, सोमबार १८:३१