आजदेखि मौसम सफा हुँदै जाने

काठमाडौं -आजदेखि मौसम सफा हुँदै जाने भएको छ । दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लाग्ने भएको हो ।
केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् ।

भोलि भने मौसम सामान्य बद्ली भएर केही ठाउँमा बादल लाग्ने मौसमविद्को अनुमान छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ । वाग्मती, प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भएको हो ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । आज दिउँसो पनि प्रदेश एक र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

 


प्रकाशित | २९ पुष २०७८, बिहीबार ०९:१०