गायिका अन्जु पन्त वैवाहिक बन्धनमा

काठमाडौँ । गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिनु भएको छ । उहाँले प्रेमी थिर कोइरालासँग बिहे गर्नु भएको हो । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा रहनु भएको थियो । उहाँहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आउनु भएको थियो । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया दिनु भएको थियो ।
अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उहाँहरुले चर्चमा बिहे गर्नु भएको हो । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उहाँहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।


प्रकाशित | १३ फाल्गुन २०७७, बिहीबार १४:१२