राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्छ :विश्वप्रकाश शर्मा

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने बताउनु भएको छ ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने जिकिर गर्नु भएको हो ।

राष्ट्रिय सभाको चुनाव मा मात्रै कि आउने चुनावमा पनि गठबन्धन कायमै हुन्छ भन्ने सञ्चारकर्मीको जवाफमा उनले पास्नीको समयमा पास्नीको शुभकामना दिनुपर्ने बताउनुभयो । पास्नीमा गएर विवाहहको शुभकामना दिन नहुने भन्दै उहाँले पछिको कुरा पछि नै हुने मात्रै बताउनु भयो । उहाँले महाधिवेशन पछाडि सभापतिसमेत रहेका देउवा नेतृत्वको सरकारलाई काम गर्न थप ऊर्जा मिलेको बताउनु भएको छ।

राष्ट्रिय सभाको चुनावमा कांग्रेसलाई गठबन्धनसँग मिल्दा तीनवटा सिटमा फाइदा पुगेको शर्माले बताउनु भयो । पहिला तीनवटा सिटमा मात्रै कांग्रेसको भएकामा अन्य तीनवटा सिट पनि कांग्रेसका लागि फाइदा भएको उहाँले उल्लेख गर्नु भयो । प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उहाँले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गर्नु भयो । महामन्त्री शर्मा राष्ट्रिय सभाका सदस्य गोपाल बस्नेतको टिकट लिएर विराटनगर आउनु भएको हो।

 


प्रकाशित | २० पुष २०७८, मंगलवार १४:५१