मैलै पाएको समर्थनले अझ बढी उत्साहित भएको छु : हरिबोल भण्डारी

काठमाडौं –  नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार हरिबोल भण्डारीले आफुले प्राप्त गरेको समर्थनले अझ बढी उत्साहित भएको बताउनु भएको छ । खर्स आर्य समूहवाट उम्मेदवारी दिनु भएको भण्डारी झिनो मतले पछाडि पर्नु भएको थियो । उहाँले १५९३ मत प्राप्त गर्नु भएको थियो ।

आफू विदेशमा वस्ने ६० लाख नेपालीलाई समेत प्रतिनिधित्व गर्दै पुरानो पार्टी नेपाली कांग्रेसमा कार्यसमितिका लागि उम्मेदवार बनेको बताउँदै भण्डारीले कांग्रेसका महाधिवेशन प्रतिनिधिले दिएको मतप्रति धन्यवाद दिनु भएको छ ।

उहाँले आफू हारेको होइन, थाकेको पनि छैन भन्दै विपी विचारको शस्त्र बोकेको यो सिपाही न हारेको छ न थाकेको छ अझ वढी उत्साहित बनेको छ भन्नु भएको छ । भण्डारी गैर आवासीय नेपाली संघको सल्लाहकार समेत हुनुहुन्छ ।

 


प्रकाशित | ९ पुष २०७८, शुक्रबार १०:१५