नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिनु भयो ।

प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो । ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको पनि उहाँले बताउनु भयो ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उहाँको भनाइ छ। उहाँ अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन्।


प्रकाशित | ७ पुष २०७८, बुधबार १७:१७