भक्तपुरमा दुई बालिका बलात्कृत, २ जना पक्राउ

भक्तपुर: भक्तपुरमा १३ वर्षीया २ जना बालिका बलात्कृत भएका छन्। बलात्कारको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका १० मूलढोकाका २६ वर्षीय सुनील शिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ छन्।

भक्तपुर नगरपालिका १ इपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका(९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई उनीहरुले भक्तपुर मूलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति बलात्कार गरेका थिए। बलात्कारमा संलग्न उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १५:२२