कांग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाश शर्मा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनु भएको छ । कुल ४६८२ मत गणनामा गगन कुमार थापाले ३०२३ र विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गर्दै निर्वाचीत हुनु भएको हो । थापा डा. शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट चुनाव लड्नु भएको थियो ।

त्यस्तै, प्रकाश शरण महतले १५५६, प्रदिप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गर्नु भयो । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिनु भएको थियो । ४६८२ मत खसेकोमा ४३ मत बदर भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनु भयो ।


प्रकाशित | १ पुष २०७८, बिहीबार १५:१४