विवाद समाधान नगरि एकलौटी निर्वाचनमा जाने कार्य रोक्न सोनाम लामाको आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले विवाद समाधान नगरि एकलौटी निर्वाचनमा जाने कार्य रोकेर आपसी सहमति, सहकार्य र समझदारीको आधारमा अगाडि बढ्न आग्रह गर्नु भएको छ । उपाध्यक्ष लामाले नेतृत्वले एकलौटी ढंगले उर्दी जारी गरेर निर्वाचनमा जाने कार्य गरिरहेको भन्दै विवाद समाधान नगरी निर्वाचनमा जाने कार्य रोक्न आग्रह गर्नु भएको हो ।

संघका अध्यक्ष कुमार पन्तले संघको बैठक बसेर सबैको सहमतिमा निर्णय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिर्दै एकलौटी रुपमा उर्दी जारि गर्दै गलत बाटोमा नलैजान नेतृत्वलाई सुझाव दिनु भयो ।

उहाँले अहिलेसम्म महाधिवेशन प्रतिनिधिको टुंगो नलागेको, जापानको समस्या उस्तै रहेको, वास्तविक एनआरएनहरु भएको देशका लागि विभेद गरिएको अवस्थामा कसरी निर्वाचन हुन्छ भन्दै प्रश्न पनि गर्नु भयो ।

‘महाधिवेशन गर्न आन्तरिक रुपमा कुनै योजना छैन, महाधिवेशनको लागि केहि पनि तयारी भएको छैन, केवल चुनाव गर्ने कुरा मात्र गरेर हुँदैन’, उहाँले भन्नु भयो, ‘संघमा आफू र अरु पनि निर्वाचित भएर जिम्मेवारीमा रहेका व्यक्तिहरु रहेको र सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

अहिले कतिपयले आलोपालो नेतृत्व दिने, टिको लगाउने, भागबण्डा गर्ने जस्ता मनलाग्दी कुरा गरेको बताउँदै ति सबै व्यक्तिका विचार भएको र संघमा यस्ता कुराको कुनै अर्थ नहुने बताउनु भयो ।

एनआरएनए नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था भएकाले विधि विधान अनुसार चलाउँदै समस्या समाधान गरेर महाधिवेशन हुुनुपर्ने र नयाँ नेतृत्व चयन गर्नुपर्ने उहाँले बताउनु भयो ।

‘यहाँ समस्या समाधान गर्नुको सट्टा सरकारसँग नै मुद्धा मामिला गर्ने, दोष लगाउने, जिम्मेवार व्यक्ति भएर पनि जथाभावी बोल्ने काम भएको छ’, उहाँले थप्दै भन्नु भयो, ‘यो गलत कुरा हो, यसले एनआरएनएलाइ दुर्घटनातिर लैजान्छ।’


प्रकाशित | २६ मंसिर २०७८, आईतवार १४:०६