एनआरएनए आइसिसी कोषाध्यक्ष हिक्मत थापाद्धारा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

काठमाडौं : गैर आवासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी घोाषणा गर्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको नवौ महाधिवेशनमा कोषाध्यक्ष थापाले (२०१९-२०२१ ) कार्यकालको लागि उममेदवारी घोषणा गर्नुभएको हो । संघमा सन २००७ देखि आबद्द थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुनुहुन्छ हुँदै दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक, दुई कार्यकाल आइसिसी कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको छ । आफ्रिका महादेशमा एनआरएनए बिस्तारमा योगदान छ ।

कैलालीको टिकापुरका स्थायी बासिन्दा थापा बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आउनु भएको छ । समाज सेवा र साहित्यमा विशेष रुचि राख्नु हुने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्दार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा परिचित हुनुहुन्छ । दैबी बिपत्ति र एनआरएनका नेपाल प्रोजेक्टहरुमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउनु हुने थापा ले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाउनु भएको छ । संघले संसार भरका गैरआवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध हुनुहुन्छ ।


प्रकाशित | ३१ श्रावण २०७६, शुक्रबार १७:१७