अदालतको विवादमा मौन बसे कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतको विवादमा मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता थापाले पार्टीको मौनतामाथि प्रश्न उठाउनुभयो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै कांग्रेस केन्द्रीय सदस्य थापाले बैठकमा भन्नुभयो, ‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ ।’

सत्तारुढ दलहरुको समन्वय समितिमा पनि यसबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि ध्यानाकर्षण गराउनुभयो । केन्द्रीय सदस्य थापाले नेता पौडेललाई अदालतको विषयमा समन्वय समितिमा छलफल गरेर निकास दिनुपर्ने बताउनुभयो ।


प्रकाशित | २९ कार्तिक २०७८, सोमबार १२:०४