एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

काठमाडौं –  नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनाललाई दिएको छ । पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहनु भएको छ ।

एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहनु भएको छ ।

शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा. गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ । शिक्षा विभागको उपप्रमुखमा लक्ष्मण केसी, सदस्यहरुमा कमला तुलाधर, डा.चन्द्र ढकाल, डा. उद्धव पोखरेल, गुणाखर गैरे र सरोज खतिवडा रहनु भएको छ ।

विपद व्यवस्थापन विभागको सदस्यमा सूर्यबहादुर थापा, आयाम पाण्डे, डा. राजु थापा र विष्णु तिम्सिना रहेका छन् । सहकारी विभागको सदस्यमा टेकप्रसाद चौलागाईं नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान सदस्य रहनु भएको छ ।


प्रकाशित | १८ कार्तिक २०७८, बिहीबार १७:४०