संस्थामा विधी, विधान र पद्धति स्थापीत गर्न मेरो उम्मेदवारी: डा. केशव पौडेल

न्यूर्योक –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले संस्थामा विधी विधान र पद्धति स्थापति गर्न आफ्नो उम्मदेवारी रहेको बताउनु भएको छ । डा. पौडेलले संस्थामा विधी, विधान, पद्धति र पादर्शीता कायम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको हो ।

संघमा धेरै गलत कार्य भइरहेको, विधी र विधानको धज्जी उठाइएको र विधान विपरीतका कार्यहरु भइरहेको भन्दै आफू निर्वाचित भएमा दुई वर्षमा संस्थालाई सही दिशामा स्थापीत गरिछाड्ने अठोट ब्यक्त गर्नु भयो ।

आफ्नै नेतृत्वमा एनआरएनए अमेरिकालाई विधी र पद्धतिमा अगाडि बढाउन सफल भएको स्मरण गर्दै पौडेलले गैर आवासीय नेपाली संघलाई निहित स्वार्थ बोकेका ब्यक्तीहरुबाट जोगाउन सबै एकजुट हुन आवश्यक रहेकोमा जोड पनि दिनु भयो ।

संस्थामा मनलाग्दी कार्य भइरहेकोमा आपत्ति जनाउँदै केहि ब्यक्तीहरुको संस्था कब्जा गर्ने योजना सफल हुन नदिने बताउनु भयो । संघलाई विश्वभरि बस्ने ७० लाख नेपालीहरुको साझा संस्था बनाउनका लागि सबैले अपनत्व महसुस गर्न पाउनुपर्ने उहाँले बताउनु भयो ।

आफू निर्वाचित भएमा कुनै ब्यक्तीले चुनाव जित्ने वा नजित्ने खालको नभई सबैले अपनत्व महसुस गर्ने गरि काम गर्ने बताउनुभयो । महासचिव हुँदा केहि न केहि छाप छाडेर जाने उहाँको प्रतिबद्धता छ ।

उहाँले विश्वभरि रहेका प्रत्येक एनसिसीलाई आफ्नै देशको नियम कानून मानेर निर्णय गर्न दिनुपर्ने र आत्मनिर्भर बनाउनुपर्नेमा जोड पनि दिनु भयो । उहाँले एनसिसीकैलाई जर्वजस्ती निर्देशन दिने नभई सहयोगीको भूमीका निर्वाह गर्नुपर्ने बताउँदै कुनै विवाद आएमा उनीहरुकै संयन्त्र प्रयोग गरेर समाधान गर्नुपर्ने बताउनु भयो ।

अहिले विवादै नआएका एनसिसीहरुमा विवाद सिर्जना गर्ने र संस्था कब्जा गर्ने कार्य भइरहेको उहाँको आरोप छ । उहाँले एनआरएनए अभियान अझ ब्यवस्थित र प्रभावकारि बनाउन संस्थामा पद्धति र पारदर्शीता कायम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विधानलाई ब्यापक छलफल गरेर संशोधन गर्न आवश्यक रहेको र अहिलेको विधान संशोधन अवैधानीक भएको पनि उल्लेख गर्नु भयो ।

नेपालको तनहुँ जिल्लाको व्यास नगरपालिका-९ सिस्नेरीमा जन्मिनु भएको डाक्टर केशव पौडेल मेडिकल डाक्टर हुनुहुन्छ । मेडिकल क्षेत्रमा थप अध्ययनका लागि अमेरिका जानु भएको डा. पौडेल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत हुनुहुन्थ्यो । डा. पौडेल सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा जानु भएको हो ।

न्युयोर्कको अपस्टेटबाट चार वर्ष अध्ययन पूरा गरी एमडी र टेनिसीबाट एमबीएको उच्च अध्ययन पूरा गरी सन् २०१४ देखि अमेरिकाको न्यु मेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको मेडिकल डाइरेक्टरको रूपमा डा. पौडेल कार्यरत हुनुहुन्छ ।

हाल अमेरिकामा अमेरिकन चिकित्सकहरूको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिकोको अध्यक्ष पदमा समेत रहनु भएको डा. पौडेल सन् २०१३ देखि एनआरएन अभियानमा सक्रिय हुँदै आउनु भएको छ ।

सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल एनआरएनए अमेरिकाको नेतृत्व समाल्नु भएको पौडेल त्यसपछि सन् २०१९–०२१ कार्यकालमा केन्द्रीय उपाध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो ।


प्रकाशित | १८ आश्विन २०७८, सोमबार ०८:३६