राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं – सरकारले राजनीतिक नियुक्तिमार्फत राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।

सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिनु भयो ।

सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् ।


प्रकाशित | ५ आश्विन २०७८, मंगलवार १९:१०