अब देशका सम्पूर्ण तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने

काठमाडौं: देशका सम्पूर्ण तथ्याङ्क तथा विवरणहरु अनलाइनमार्फत हेर्न मिल्ने भएको छ । मुलुका सम्पूर्ण स्थानीय तहको वडादेखि सम्पूर्ण देशको जनसंख्या, बोलिने भाषा, जात–जाति, समूदाय, जीवनस्तर लगायत सबै विवरण अनलाइनबाट नै हेर्न सकिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’को आरम्भ गरेसँगै
सबै विवरण अनलाइनबाट नै हेर्न सकिने भएको हो ।

केन्द्रीय तथ्यांक विभागले तयार पारेको सो अनलाईन डाटा पोर्टलको वेभ एड्रस (ठेगाना नेशनल डाटा डट्जी ओभीडट्एनपी राखिएको छ । संघ, प्रदेश र स्थानीय तहको सबै विवरणहरु एकीकृत रुपमा अनलाइनमार्फत सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाईट पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी गराउनुभयो ।

खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित गर्न अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द केन्द्रीय तथ्यांक विभागले जनाएको छ । राष्ट्रिय योजना आयोगसँगको निरन्तरको अन्तरक्रियामा आधारित भएर तयार पारिएको सो अनलाइन डाटा पोर्टलले संघ, प्रदेश र स्थानीय तहको तथ्यांकीय तथा सूचना व्यवस्थापनको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १७:०३