एनआरएनए इटालीले पायो पूर्णता, नवनिर्वाचीत कार्यसमितिको स्वागत कार्यक्रम सम्पन्न

रोम – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इटालीको नबनिर्बाचित कार्यसमितिको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । इटालीको मिलानमा सो कार्यक्रम सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is nrn-italy.jpg

संघका अध्यक्ष छबिलाल कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वीटजरल्याण्ड स्थित नेपाली राजदुतावासबाट राजदुत मणि प्रसाद भट्टराई सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा रोमको तर्फबाट नेपाली कन्सुलर पाओलो नुगारी, एनआरएनए इटालीका संस्थापक डा. भिमबहादुर बम, संघका पूर्व सल्लाहकार रिचार्ड भण्डारी पनि सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा संघका पुर्ब उपाध्यक्ष मनोजकुमार कार्की तथा २०२१-२०२३ कार्यकालको लागि निर्बाचन संयोजक मनोजकुमार कार्की, आइसिसि सदस्य दिपेश कुमार रेग्मी, नबनिर्बाचित आइसीसी सदस्य राजन चापागाई, विशेष अतिथिको रुपमा रहनु भएका एनआरएनए इटालीका संस्थापक डा. भिमबहादुर बम , पुर्ब सल्लाहकार रिचार्ड भण्डारीले नबनिर्बाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

This image has an empty alt attribute; its file name is italy4.jpg

सो अवसरमा उहाँहरुले इटालीभित्र रहेका नेपालीहरुको समस्या समाधानको लागि एनआरएनले इटालीले सबैसंग हातेमालो गर्दै आगाडी बढ्नुपर्ने र त्यसमा आआफ्नो तर्फबाट जस्तो सुकै सहयोग गर्न प्रतिबद्द रहेको बताउनु भयो ।

राजदुत भट्टराईले महामारीको बेलामा एनआरएन इटालीले खेलेको भूमिकाको प्रसंशा गर्दै आउने दिनहरुमा पनि दुताबास इटालीभित्र रहेका नेपालीहरुको समस्या समाधान गर्नको लागि एनआरएनए इटाली, नेपाली कन्सुलर र इटाली स्थित स्थानीय नेपाली समाजहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै निबर्तमान अध्यक्ष देवराज गुरुङले आफु जहिले पनि नेपालीको हितको लागि लागि पर्ने बताउदै नबनिर्बाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भयो ।

This image has an empty alt attribute; its file name is italy1.jpg

कार्यक्रममा महासचिब भबेशकुमार सिंहले संचालन गर्नु भएको थियो भने बर्तमान कार्य समितिले गरेको निर्णयहरु बारे जानकारी गराउनु भएको थियो ।

संघले २०२१-२०२३ को लागि वरिष्ठ सल्लाहकार बोर्डमा एनआरएन इटालीका संस्थापाक डा. भिम बहादुर बम, पुर्ब सल्लाहकार शिखर भण्डारी, निबर्तमान आइसीसी सदस्य दिपेश कुमार रेग्मी, पुर्ब कोषाध्यक्ष उर्मिला थोकरलाई मनोनित गरेको छ ।

त्यस्तैगरि, सल्लाहकार बोर्डमा मुकन्द पौड्याल, नारायण प्रसाद खरेल र इटाली स्थित सम्पूर्ण नेपाली समाजहरुका अध्यक्षहरुलाई मनोनित गरेको छ ।

This image has an empty alt attribute; its file name is italy3.jpg

उता २०२१-२०२३ को पूर्ण कार्यसमितिको लागि सदस्य पदमा जित बहादुर बञ्जरा, श्यामदिप राई, प्रदीप अधिकारी, पारमाबाट डम्बरबहादुर चौआन, उपाध्यक्षमा पारमाबाट भोजराज कंडेललाई मनोनित गरिएको छ । यो सँगै कार्यसमितिले पूर्णता पाएको छ ।

कार्यक्रमका सभापति अध्यक्ष छबिलाल कंडेलले कार्यक्रमको समापन गर्दै बर्तमान कार्यसमिति सबैको सल्लाह, सुझाव र सहकार्यबाट अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


प्रकाशित | २९ भाद्र २०७८, मंगलवार १०:५१