एनआरएनए यूरोपको युवा संयोजकमा रमेश काफ्लेको उम्मेदवारी घोषणा

कोपनहेगन- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोपको युवा संयोजकमा रमेश काफ्लेले उम्मेदवारी घोषणा गर्नु भएको छ । डेनमार्कबाट आइसिसी सदस्य रहनु भएको काफ्लेले यूरोप युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

युवाहरुको हक हित र नेतृत्व विकास, दोश्रो पुस्ताको एनआरएनए मा सहभागिता, युवाहरुलाई उद्यमी हुन उत्प्रेरित गर्दै सामाजिक उद्यमशिलता विकासमा भूमिका निभाउन तथा समृद्ध राष्ट्र निर्माणमा थप टेवा पुर्याउन आफ्नो उम्मेदवारी भएको काफ्लेले बताउनु भयो ।

१३ बर्ष को डेनमार्कमा बस्दै आउनुभएको काफ्ले विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आबद्ध हुनुहुन्छ ।

युवाहरुको प्रतिनिधित्व गर्न सक्ने तथा युवाहरुका विषयमा खुलेर आवाज उठाउन सक्ने प्रखर वक्ता समेत रहनु भएको काफ्लेले अग्रजहरुको सल्लाह र सुझाव अनुसार उम्मेदवारी घोषणा गरिएको बताउनु भयो । गैर आवासीय नेपाली संघको विश्व सम्मेलन आगामी अक्टोवर २३-२५ तारिखमा हुँदैछ ।


प्रकाशित | १० भाद्र २०७८, बिहीबार १२:२६