अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

हेटौडा – वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले  संविधानको धारा १६८ (१) अनुसार बहुमतको आधारमा  शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

बुधबार विहान शाक्यलाई नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन गरिएको थियो । मुख्यमन्त्री पौडेलले आज बागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो ।


प्रकाशित | २ भाद्र २०७८, बुधबार १९:५८