एनआरएनए यूकेको निर्वाचन दुई दिन पछि सर्‍यो

लन्डन । एनआरएनए यूकेको निर्वाचन दुई दिन पछि सरेको छ । मतदान शुरु हुन केही घण्टा बांकी रहँदा निर्वाचन समितिले निर्वाचन दुई दिन पछि सारेको हो ।

निर्वाचन २ अगष्ट सोमबार दिउसो १२ बजे मतदान प्रक्रिया शुरु भइ अगष्ट ३ मंगलबार १२ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ । मत परिणाम बिहीबार ५ बजे आउने समितिले जनाएको छ ।

निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कंडेलले एक विज्ञप्ति जारी गर्दै मतदाताहरुलाई मतदान सम्बन्धि प्राविधिक प्रक्रिया बुझाउन पर्याप्त समय नभएको गुनासोलाई सम्बोधन गर्न तालिका परिवर्तन गरिएको बताउनु भयो । पहिलोपटक एनआरएनए यूकेको अनलाइन मतदान हुंदैछ ।

 


प्रकाशित | १६ श्रावण २०७८, शनिबार ०८:१९