एनआरएनए आइसिसी सदस्यमा शंकर डांगीको उम्मेदवारी

बर्लिन – गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी) सदस्यमा शंकर डांगीले उम्मेदवारी दिनु भएको छ । एनआरएनए एनसीसी जर्मनीबाट डांगीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको हो ।

दुई दसकदेखि जर्मनीमा बस्दै आउनु भएको डागी २०१५–२०१७ मा एनसीसी जर्मनीको सदस्य, २०१७–२०१९ मा प्रवक्ता र २०१९–२०२१ कार्यकालमा उपाध्यक्ष पदमा बसेर काम गरीसक्नु भएको छ

डागीले अग्रजहरुको सल्लाह सुझावअनुसार आइसिसी सदस्यमा उम्मेदवारी दिएको र सबैमा सहयोगको लागि आग्रह पनि गर्नु भएको छ ।


प्रकाशित | १२ श्रावण २०७८, मंगलवार १९:११