कृषी टनेल र ट्याक्टर पाउँदा कालिन्चोक- ३ लामिडाँडाका कृषक हर्षित

कालिञ्चोक (दोलखा ) : दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका ३ वडा कार्यालय निकै सक्रियताका साथ गाउँको विकासमा लागिपरेको छ । वडाले गाउँको विकासदेखि स्थानीय कृषकको लागि समेत कार्य गर्दै आइरहेको छ ।।

Image may contain: 6 people, people standing and outdoor

त्यस्तै, गाउँपालिकाको ३ वडाको लामिडाँडाका कृषकहरुलाई अनुदानमा कृषि सामाग्री र औजार वितरण गरिएको छ । वडाध्यक्ष निशान बुढाथोकीका अनुसार स्थानीय कृषकको माग अनुसार कृषी क्षेत्रलाई आधुनीकरण गर्ने उद्देश्यले कृषि सामाग्री र औजार वितरण गरिएको हो ।

Image may contain: 4 people, people standing, shoes and outdoor

लामिडाडाँका एक घर एक टनेल कार्यक्रम बमोजिम १०० जना किसानलाई एक थान टनेल प्लास्टिक, एक थान गाडेन पाइप र १७ जना किसानलाई कृषि औजार हाते ट्याक्टर बितरण गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी गराउनुभयो ।

Image may contain: 3 people, including Nishan Budathoki, outdoor

Image may contain: shoes

Image may contain: 2 people, including Nishan Budathoki, outdoor


प्रकाशित | ७ चैत्र २०७६, शुक्रबार २०:५८