राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सी जिनपिङले गरे सम्मेलनमा स्वागत

बेइजिङ :  चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आउनुभएका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ३५ किलोमिटर पर रहेको त्यस सम्मेलन केन्द्रमा आइपुग्नुभयो । उहाँलाई चिनियाँ समकक्षी सी जिनपिङले स्वागत गर्नु भएकाे थियाे । बेइजिङको बाहिरी भागमा याङ्त्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ । रासस


प्रकाशित | १४ बैशाख २०७६, शनिबार ११:२२