एनआरएनए जर्मनीको सचिव पदमा निमा राजभण्डारी अर्याल (शर्मीला) को उम्मेदवारी

फ्रान्कफर्ट (जर्मनी)। गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको सचिव पदमा निमा राजभण्डारी अर्याल (शर्मीला) ले उम्मेदवारी दिनु भएको छ । संघको आगामी कार्यकाल (२०२१-२०२३) को लागि अर्यालले सचिव पदमा उम्मेदवारी दिनु भएको हो । संघको आठौ राष्ट्रिय महाधिवेशन आइतबार हुँदैछ ।

महिलाहरुका आवाज बुलन्त गर्ने कार्यमा सक्रिय अर्याल जर्मनीको नेपाली समुदायमा परिचित अनुहार हो । विभिन्न सामाजीक संघसंस्थामा समेत सक्रिय रुपमा लाग्दै आउनुभएको अर्याल एनसिसी जर्मनीलाई सबैको अपनत्व हुने साझा संस्था बनाउन आफू लागिपर्ने बताउनु हुन्छ ।

गैर आवासीय नेपालीहरुले विदेशी भूमिमा आर्जन गरेको आफ्नो स्रोत र पूंजी नेपालमा लगानी गर्न पहल गर्ने, विज्ञको अनुभव, ज्ञान नेपाल र नेपालीलाई हस्तान्तरण गर्न सहयोग गर्ने र नेपाली पहिचान जस्तो नेपाली भाषा, कला, संस्कृतिको प्रवर्द्धन्मा लागिपर्ने जस्ता आफ्ना एजेन्डा रहेको अर्यालले बताउनु भयो ।

एनआरएन एक अभियान भएकाले यो अभियानलाई अगाडि बढाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु हुने अर्याल संस्थागत सुधारदेखि एनसिसीमा मजबुत संरचना निर्माणमा लागिपर्ने पनि बताउनु हुन्छ ।

जर्मनीबासी नेपाली समुदायको समर्थन पाउनु भएको अर्यालले आइतबार हुन गइरहेको निर्वाचनमा सहयोगको लागि सबैमा आग्रह समेत गर्नु भएको छ ।

उहाँले भन्नु भएको छ, ‘आगामी कार्यकालको लागि अग्रजहरुको सल्लाह सुझाव अनुसार मैले सचिव पदमा उम्मेदवारी दिएको छु, यहाँहरुको साथ र सहयोग मिल्नेछ भन्नेमा पूर्ण विश्वस्त छु र अमूल्य मत दिई सहयोग गर्नु हुन आग्रह गर्न चाहान्छु ।’


प्रकाशित | ९ श्रावण २०७८, शनिबार १८:४३