एनआरएनए कंगोमा अमृत क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

कंगो। गैरआवासीय नेपाली, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कंगोमा ढक बहादुर (अमृत ) क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन हुनु भएको छ । संघको दोस्रो राष्ट्रिय अधिवेशनले आगामी कार्यकालको लागि क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), वरिष्ठ उपाध्यक्षमा हेमराज पाण्डे (गणेश), उपाध्यक्ष्मा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, सचिवमा खड्ग बहादुर भुजेल, कोषाध्यक्षमा रामबहादुर खत्री र सहकोषाध्यक्षमा सञ्जय हमाल निर्विरोध हुनु भएको छ ।

यसैगरी अधिवेशनले ओमनारायण अधिकारीलाई संयोजक, विक्रम कुमार पाण्डेलाई युवा संयोजक र खुस्बु मेहेतालाई महिला संयोजकको जिम्मेवारी दिइएको छ ।

निर्वाचित कार्यसमिति सदस्यहरुमा मिलन गुरुङ, शुक्रराज कामी, मन बहादुर रावत मोहन विष्ट, शुरेश खड्का, भानदेव भट्ट, दिनेश कुमार गैरे, दिपक सुनार र खडक बहादुर सुनुवार रहनु भएको छ । त्यस्तै, विष्णु प्रसाद भण्डारीले आइसीसी सदस्य र आशिष परियार प्रवक्तामा चयन हुनु भएको छ ।

अध्यक्ष-  ढक बहादुर क्षेत्री (अमृत क्षेत्री)

प्रथम उपाध्यक्ष- पुनदेव पासवान (राजु)

वरिष्ठ उपाध्यक्ष -हेम राज पाण्डे (गणेश)

उपाध्यक्ष -जीवन भण्डारी

महासचिव– दिवाकर अधिकारी

कोषाध्यक्ष -राम बहादुर खत्री

संयोजक –ओम नारायण अधिकारी

युवा संयोजक– बिक्रम कुमार पाण्डे

महिला संयोजक– खुस्बु मेहेता

सचीव –खड्क बहादुर भुजेल

सह-कोषाध्यक्ष – सन्जय हमाल

आइसिसी सदस्य- बिष्णु प्रसाद गिरी

प्रवक्ता -आशिष परियार

सदस्यहरु:

-मिलन गुरुङ

-शुक्रराज कामी

-मन बहादुर रावत

-मोहन बिष्ट

-शुरेश खड्का

-भानदेव भट्ट

-दिनेश कुमार गैरे

-दिपक सुनार

-खडक बहादुर सुनुवार


प्रकाशित | ५ श्रावण २०७८, मंगलवार १५:२६