प्रधानमन्त्री देउवाले खोप केन्द्रको स्थलगत निरीक्षण गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना भाइरसविरुद्धको खोप लगाइने केन्द्रहरुको निरीक्षण गर्नु हुने भएको छ । अमेरिकाले दिएको कोरोनाविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’को खोप अभियान सुरु हुँदै गर्दा प्रधानमन्त्री देउवा खोप केन्द्रको स्थलगत निरीक्षण गर्ने हुनु भएको हो ।

देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको निरीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ४ श्रावण २०७८, सोमबार ०९:३४