एनआरएनएको आगामी नेतृत्वका लागि स्वभाविक उम्मेदवार हुँ: डा. बद्री केसी

न्यूयोर्क। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संस्थाको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताउनु भएको छ । डा. केसीले न्यूर्योकबाट संञ्चालित नेपाली अनलाइन टेलिभिजन ‘सन्डे टिभी’ का प्रस्तोता किरण मरठ्ठासँगको कुराकानीमा भन्नु भयो, ‘एनआरएनएमा मेरो संलग्नता स्थापनाकालदेखि नै हो। एनआरएनए जन्मीनु अगाडीदेखि नै म यसमा छु, मेरो अध्यक्षको उम्मेदवार स्वभाविक हो ।’

उपाध्यक्ष केसीले आफूले जति वटा चुनाव लडेँ पनि हारेको रेकर्ड नभएको बताउनु भयो । ‘म गर्वका साथ भन्छु–एनआरएनएको इतिहासमा यति लामो समय निरन्तर काम गरेको व्यक्ति सायद म नै होला। सबैभन्दा पुरानो अभियन्ता भएको हुनाले नेतृत्वका लागि योग्य छु’,उहाँले थप्दै भन्नु भयो ।

उहाँले संस्था कुन दिशामा गइरहेको छ भन्ने आफूलाई राम्रोसँग थाहा भएको र अब यसलाई कता लैजानुपर्छ भन्ने कुरामा पनि कन्फ्युज नरहेको बताउनु भयो ।

उहाँले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा संघले हालसम्म प्राप्त गरेको उपलब्धीलाई थप उचाईमा पु¥याउने बताउनु भयो । ‘यो गर्नलाई संस्थामा म भन्दा अर्को अनुभवी व्यक्ति छैन जस्तो लाग्छ,’ उहाँले भन्नु भयो ।

त्यस्तै, अर्को प्रश्नमा उहाँले आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने व्यक्ति  भएको बताउनु भयो । ‘म कुनै पनि राजनैतिक दलको उम्मेदवार होइन र बन्दा पनि बन्दिन। यसअघिका निर्वाचनमा पनि कुनै राजनीतिक पाटीको साथ लिएर चुनाव लडेको थिइन। सबैको साझा उम्मेदवार थिए’, उहाँले थप्दै भन्नु भयो ।


प्रकाशित | २० असार २०७८, आईतवार २३:०९