एफएनएफ साउथ एसीयाको भर्चुअल कार्यक्रम हुँदै

काठमाडौं। एफएनएफ साउथ एसीयाले नेपाल: हिमालयन देश संकट विषयक भर्चुअल अनलाइन कार्यक्रम गर्दैछ ।  एफएनएफ साउथ एसीयाले समृद्धी फाउण्डेशनको सहकार्य र जर्मन नेपाल मैत्री संघको सहयोगमा आफ्नो फेसबुक पेजमार्फत सो कार्यक्रम गर्न लागेको हो ।

जर्मन नेपाल मैत्री संघका अध्यक्ष तथा जर्मनका लागि नेपाली महावाणिज्यदूत राम प्रताप थापाका अनुसार कार्यक्रम आज यूरोप समय साँझ ५ः३० बजे हुने छ ।  कार्यक्रममा सहभागिताका लागि आग्रह गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता गगन थापा र नेपालगन्ज उपमहानगरका प्रमुख डा.धवल शमशेर राणा लगायतका वत्ताहरुको उपस्थिती रहनेछ । कार्यक्रममा नेपालमा प्रजातन्त्र ल्याउनका लागि गरिएको संघर्ष, वर्तमान समयमा नेपालले भोगिरहेको राजनीतिक अस्थिरता, विरुवव्यापी रुपमा फैलिरहेको कोरोनाको नेपालमा प्रभाव लगायतका विषयमा छलफल हुनेछ ।


प्रकाशित | १५ असार २०७८, मंगलवार १९:०५