नेपालमा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।


प्रकाशित | १४ असार २०७८, सोमबार १७:४५