रियल उपाधि होडबाट बाहिरियो

एजेन्सी: रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएसँगै यो सिजनको उपाधि होडबाट बाहिरिएको हो । रियलले पछिल्लो समाय राम्रो खेल प्रदर्शन गरिरहेको थियो । रियल गेटाफेसँग बराबरीमा रोकियसंगै ला लिगा ४ खेल बाँकी रहदा शीर्ष स्थानको बार्सिलोना भन्दा १५ अंकले पछि छ । यो बराबरीसंगै रियलले ३४ खेलबाट ६५ अंक जोडेको छ । पराजित गेटाफे ५५ अंकसंगै चौंथो स्थानमा छ ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार ०९:४०