गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवासमा धर्नामा बसेका हुन्।

मुख्य मन्त्रीको निवास अगाडि पुग्नेमा नेपाली कांग्रेसका १३ जना, माओवादी केन्द्रका ११ जना, जसपाका २ जना, जनमोर्चाका १ जना र स्वतन्त्र सांसद दीपक मनाङ्गे छन्। गुरुङले जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी र र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गर्नु भएको थियो ।

त्यस्तै, विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार ३१ प्रदेशसभा सदस्यसहित दाबी पेश गर्नु भएको छ ।


प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार १७:३३