गोरखामा ४० वटा अक्सिजन कन्सनट्रेटर सहयोग गर्दै ग्लोबल गोरखा समाज, खरिद प्रक्रिया अगाडि बढाइयो

काठमाडौं । ग्लोबल गोरखा समाजले गोरखा जिल्लामा ४० वटा अक्सिजन कन्सनट्रेटर सहयोग गर्ने भएको छ । विश्वभरि रहेका गोर्खालीको सहयोगमा संकलीत रकमबाट अक्सिजन कन्सनट्रेटर सहयोग गर्न लागेको हो ।

ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाव प्रमुख गोकर्ण ढकालले अक्सिजन कन्सनट्रेटरको खरिद प्रक्रिया अगाडि बढाइसकिएको जानकारी गराउनु भयो । ढकालले  एक सताभित्रै नेपालमा अक्सिजन कन्सनट्रेटर आइपुग्ने र वितरण गरिने बताउनु भयो ।

ग्लोबल गोरखा समाजले १ लाख बराबरको लागत पर्न आउने र  २ जना बिरामीको लागी प्रत्यक्ष प्रयोग गर्न सकिने कुल ६६ स्वास्थ्य चौकी र अस्पतालहरुमा कम्तिमा १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरिरहेको छ ।

ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले पहिलो चरणमा ४० वटा अक्सिजन कन्सनट्रेटर खरिद प्रक्रिया अगाडि बढाइएको र दोस्रो चरणममा थप स्वास्थ्य सामाग्री खरिद गरिने जानकारी गराउनु भयो ।


प्रकाशित | २१ जेष्ठ २०७८, शुक्रबार १३:४९