बृद्धभत्ता ४ हजार पुग्यो, सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन

काठमाडौं । सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ७३ अर्ब ८१ करोड रुपैयाँ बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १७:०१