प्रवासी गोरखालीले गरे जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । गोरखा जिल्लाको सबै स्थानीय तहमा गोरखा समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गोरखा समाज जापान र ग्लोबल गोरखा समाजको सहकार्यमा गोरखा जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीका अनुसार जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरुमा पुग्ने गरी कोभिड-१९ व्यवस्थापनका जिल्ला संयोजक प्रमुख जिल्ला अधिकारी, सञ्चारकर्मी र जनप्रतिनिधिसहितको उपस्थितिमा माग अनुसार स्वास्थ सामाग्री वितरण गरिएको हो ।

अधिकारीका अनुसार प्रत्येक स्थानीय तहमा एन्टिजेन किट, अक्सिमिटर, माक्स संक्रमीत क्षेत्रलाई मध्यनजर गरि वितरण गरिएको हो । अधिकारीले स्वास्थ्य सामाग्रीको लागि सहयोग गर्ने सबैप्रति धन्यवाद समेत ब्यक्त गर्नु भयो ।


प्रकाशित | १० जेष्ठ २०७८, सोमबार १९:३३