राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो : शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको बताउनुभएको छ । राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको बताउनुभयो ।

उहाँले संविधानलाई समाप्त गर्ने काम भएको भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुन नसक्ने पनि बताउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै मध्यरातमा संविधान च्यात्ने काम भएको आरोप लगाउनु भयो ।

उहाँले ट्वीटरमा लेख्नु भएको छ, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो।’ ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ।’


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार ०७:२०