सोम मिश्रको कोभिड अनुभव: आइसोलेसनमा बसेकालाई अनावश्यक फोन गरिरहनु पनि यातना दिए जस्तै रहेछ

भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आइसोलेसनमा बसेको कोभिडका बिरामीलाई अनावश्यक रुपमा फोन गरिहरनु पनि यातना दिए जस्तै हुने बताउनुभएको छ । कोभिड -१९ अर्थात कोरोना संक्रमण भई होम आइसोलेसनमा बसिररहनु भएको नगर प्रमुख मिश्रले बिरामीलाई फोन गरिरहनु र अनावश्यक चासो राख्नु यातना दिनु जस्तै रहेको आफूले अनुभव गरेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिका प्रमुख समेत रहनु भएको सोम मिश्रले आफ्नो कोभिड अनुभवमा स्वास्थ्य प्रति चिन्ता गरेर कल गर्ने हरेकले डाक्टर झै सम्झेर १० मिनेट औषधि र तिनको प्रयोग विधिको उपदेश दिन चुकेमा कल गरेको सार्थक नहुने बताउनुभयो

मेयर मिश्रले भन्नुभयो, ”चाँगुनारायण नगरपालिकाले नगरपालिका भित्र कोभिड १९ संक्रमित भई एकान्तबासमा बस्नुभएको हरेक नागरिक सँग आफ्नो आफ्नो वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले नियमित फोन गर्ने र निजको स्वास्थ्यवस्था तथा अन्य समस्याका बारेमा अनुगमन र सहजीकरण गर्ने निर्णय र निर्देशन गरेको थियो । आफै एकान्तबास बस्दाको मेरो अनुभवमा फोन गरेर बिरामीलाई यातना दिइएको रहेछ जस्तो लाग्यो ।’

स्वास्थ्य प्रति चिन्ता गरेर कल गर्ने हरेकले डाक्टर झै सम्झेर १० मिनेट औषधि र तिनको प्रयोग विधिको उपदेश दिन चुकेमा कल गरेको सार्थक नहुने उहाँले बताउनु भयो । उहाँले कोभिड १९ लाई पराजित गर्ने एक मात्र उपाय घरमै बसेर सुरक्षित रहने र जनस्वास्थ्य मापदण्डको पालना गर्नुमा नै भलो हुने बताउनुभयो ।


प्रकाशित | ३ जेष्ठ २०७८, सोमबार १२:१६